एसियाली खेलकुदः उसुकी सुम्मिता तेह्रौँ स्थानमा

काठमाडौं। उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन्।
Advertisement 1
जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उनले सो उपाधि हासिल गरेकी हुन्।
सुस्मिताले ९.५८० अङ्क प्राप्त गर्दै तेह्रौँ स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासङ्घले जनाएको छ।
Advertisement 2
यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अङ्कसहित स्वर्ण जितेकी छन्। त्यसैगरी मकाउकी, चो मानले ९.७१० अङ्क प्राप्त गर्दै रजत पदक हात पारिन भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अङ्कसहित कास्य पदक जितिन।
प्रकाशित :२०८३ आश्विन ५, सोमबार ११:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








