नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

बाँके। नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ।
Advertisement 1
दसैँ को अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन।
नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए।
Advertisement 2
उनका अनुसार रामलिलाको शुभारम्भ शोभायात्रासहित गरिनेछ। कार्यक्रमलाई यस वर्ष थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउने तयारी भइरहेको छ। त्यसका लागि समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ।
“रामलिला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो। परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नुहुँदैन भन्ने उद्देश्यले तयारी अघि बढाइएको हो”, अध्यक्ष कानोडियाले भन।े
Advertisement 3
रामलिला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली नेपालगञ्ज आउने भएको छ। टोलीले रामायणका प्रमुख प्रसङ्ग तथा भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ।
समितिका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म प्रत्येक दिन साँझ ८ः०० बजेदेखि राति १२ः०० बजेसम्म रामलिला मञ्चन हुनेछ। वृन्दावनबाट आउने कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गर्दै रामायणका प्रमुख घटनाक्रमलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्नेछन्।
लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्परा नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित छ।








