नेपाल प्रहरीका ५ जना डिआइजी बढुवाका लागि सिफारिस

काठमाडौं। ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
Advertisement 1
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकल ५ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिस सूचीमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओमप्रसाद अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँ नम्बरमा अविनारायण काफ्ले रहेका छन्।
Advertisement 2
यसअघि काठमाडौँ प्रहरीको नेतृत्व गरेका विश्व अधिकारी बढुवा सिफारिस सूचीमा नपरेसँगै भूपेन्द्रबहादुर खत्री पहिलो नम्बरमा सिफारिसमा परेका छन्। उनी प्रहरी सेवामा अब्बल र पेशेवर अधिकारीका रूपमा लिइन्छन्। उनलाई भावी नेतृत्वका रूपमा समेत संगठनभित्र हेरिने गरिएको छ।

प्रकाशित :२०८२ कार्तिक १०, सोमबार १०:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










