यी हुन्, मन्त्रिपरिषद् बैठकका १० निर्णय

sf7df8f}F, !@ c;f]h M ;~rf/ tyf ;""rgfk|ljlw dGqfnodf ;f]daf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ub}{ k//fi6«dGqL tyf g]kfn ;/sf/sf k|jQmf k|bLks''df/ 1jfnL . t:jL/ M rGb|snf If]qL÷/f;;

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १० ओटा निर्णयहरु गरेको छ ।

Advertisement 1

बैठकले मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयमा कार्यरत् सचिव शंकरदास बैरागीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि मुख्यसचिव रहनुभएका लोकदर्शन रेग्मीले बिहीबारैबाट लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

Advertisement 2

मन्त्रिपरिषद् बैठकले उहाँको राजीनामा स्वीकृत गर्दै बैरागीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराउनुभयो ।

बैठकले रेग्मीको राजीनामा स्वीकृतसँगै उहाँलाई बेलायतका लागि आवासीय राजदूत एवं आयरल्यान्ड र माल्टाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

Advertisement 3

यसैगरी, मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतमा र पानामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवं बोत्सवाना, केन्या, लेसोथो, कंगो, तान्जानिया, जाम्बिया, जिम्बाब्वे, ग्याबोन, मोन्जाबिक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै, आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा (१) बमोजिम करको दर घटाउने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले रिक्त दरबन्दी पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्न लोकसेवा आयोगलाई अनुरोध गर्नेलगायतका १० ओटा निर्णयहरु गरेको हो ।

प्रकाशित :२०७७ आश्विन १६, शुक्रबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry