एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित

काठमाडौं। जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

Advertisement 1

जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो। दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अङ्कले पराजित भयो।

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो। तर, पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि प¥यो।

Advertisement 2

दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन। दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई रोक्न नेपाल असफल रह्यो। दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क बनाउन सक्यो।

समूह ‘बी’ रहेको थाइल्यान्डले ११ अङ्कको जित निकाल्यो। भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा नेपालले जित निकाल्न असफल भयो। समूह बी अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित :२०८३ आश्विन ५, सोमबार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry