कर्मचारीलाई विदेश भ्रमणमा रोक
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।
Advertisement 1
देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रकृया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत दीक्षा थापाका अनुसार,वर्तमान आर्थिक संवेदनशिलता,चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन गरी अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउनु हुन अनुरोध छ भनिएको छ ।
Advertisement 2
मन्त्रालयले वैदेशिक भ्रमणको स्वीकृतिका लागि आधिकारिता स्पष्ट पुष्टि हुने कागजात संलग्न गरेर पठाउन पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।आधिकारिता पुष्ट्याई हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि कानूनबमोजिम छानबिन गरी कारबाहीसमेत गरिने जानकारी दिएको छ ।