काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा : हिँडडुलमा समेत रोक
कोरोना भाइरसको संक्रमितहरू संख्या ह्वात्तै बढे पछि प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा हिजो मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ । एक साताकालागि निषेधाज्ञा जारी भएको हो । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।
के गर्न हुने र के गर्नु नहुने
प्रकाशित :२०७७ भाद्र ४, बिहीबार ०९:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%