२० जना अधिकृतहरू गृहमा इन्ट्री
विभिन्न निकायमा कार्यरत २० जना शाखा अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।
Advertisement 1
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अच्युत श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दिपेन्द्र रेग्मी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उदयराज भट्टराई, तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाईका गणेशविक्रम वस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बेनकराज कार्की, सहरी विकास मन्त्रालयका युनिल राई, निर्वाचन आयोगका जयराम श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बाबुराम पन्थी, मधेसी आयोगका लोकेन्द्रबहादुर ज्ञवाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महेशविक्रम लगेजु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विज्ञान कोइराला, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सन्तोष लामिछाने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रविन दाहाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका राजीवकुमार सिंह, राष्ट्रिय योजना आयोगका श्यामकृष्ण पौडेल, सार्वजनिक खरिद अनुगमन कार्यालयका विश्वविजय शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाकमलराज उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका महेन्द्रसिंह रावल, निर्वाचन आयोगका जयप्रसाद गौतम र सार्वजनिक खरिद अनुगमन कार्यालयका रामहरि पोखरेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।
Advertisement 2