१४ हजार ७५३ को हस्ताक्षरसहित श्रम विभागमा दर्ता भयो एकीकृत सरकारी कर्मचारी संगठन

गठन भएको छोटै समयमा एकीकृत सरकारी कर्मचारी संगठन श्रम मन्त्रालय मातहतको विभागमा दर्ता भएको छ । महिना दिन अघिमात्र राष्ट्यि भेलामार्फत राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको संगठन आज विधिवत रुपमा श्रम विभागमा दर्ता भएको हो ।
Advertisement 1
केही महिना अघिमात्र गठन भएको सो संगठनप्रति कर्मचारी वृत्तमा आकर्षण समेत देखिएको छ । सो संगठनले आजै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा १४ हजार ७५३ को हस्ताक्षर सहित एकीकृत सरकारी कर्मचारी संगठन दर्ता भएको हो ।निजामतीमा नयाँ संगठन गठनका लागि ५ हजारको हस्ताक्षर आवश्यक पर्ने भए पनि संगठनले आवश्यक्ताभन्दा पनि तीन गुणा बढी हस्ताक्षरसहित विभागमा पुगेर संगठन दर्ता गराएको हो । यति ठूलो संख्यामा हस्ताक्षरसहितको विभागमा दर्ता भएको यो पहिलो संगठन हो ।
नेपाल निजामती कर्मचारी संगठनबाट अलग भएर निर्माण भएको संगठनले छोटै अवधिमा देशैभरका ७७ जिल्ला र ३५ वटै केन्द्रीय निकायमा संगठन निर्माणको काम टुंग्याएको छ ।
Advertisement 2
संगठनको गत माघ १५ मा आयोजित राष्ट्रिय भेलाले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै संगठनलाई श्रम तथा ब्यवसायजन्य विभागमा बिधिवत रुपमा दर्ता गर्न निर्णय गरेको थियो । सोही बमोजिम आज विभागमा दर्ताको काम टुंग्याइएको हो । संगठनका संयोजक मोहन कुमार घिमिरेका अनुसार, बिधान बमोजिम २०७९ बैशाख २३ र २४ गते राष्टिय अधिवेशन सम्पन्न गर्ने छ । जस्का लागि घिमिरेकै संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ ।
Advertisement 3