आइजिपीलाई एसपीको चुनौती

 

Advertisement 1

एसएसपी बढुवामा आफुमाथि अन्याय भएको भन्दै एक एसपीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । एसपी नान्तीराज गुरुङले आफुलाई बढुवामा छुटाइएको दाबी गरेका छन् ।कार्यसम्पादन नम्बरमा आफु अब्बल भएपनि बढुवा समितिले कम नम्बर दिएर छुटाएको उनको दाबी छ । कार्यसम्पादन मूल्याङकनको नम्बर सार्वजनिक गर्न समेत उनले आइजिपी बसन्त बहादुर कुँवरलाई चुनौती दिएका छन् ।

ब्याचीहरू बढुवामा पर्दा आफ्नो नाम नियतवश छुटाइएको उनको दाबी छ । कार्यसम्पादन मूल्यांकनको आधारमा सिफारिस गरेको भनिएपनि निष्पक्ष र स्वच्छरूपमा नभएको गुरुङले बताए । उनले आफ्नो र सूचीमा रहेकाहरूको कासमु सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् ।

Advertisement 2

गत शुक्रबार नेपाल प्रहरीका १८ एसपी एसएसपी बढुवामा सिफारिस भएका थिए । एसपी गुरुङ पनि बढुवाको प्रतिस्पर्धामा थिए । तर, वरियतामा भने उनी निकै पछाडी थिए । साथै औसत कार्यक्षमताका अधिकृत भएको प्रहरी अधिकारी बताउँछन् । त्यसकारण बढुवामा आफुमाथि अन्याय भयो भन्ने अवस्था भने नरहेको एक उच्च प्रहरी अधिकारी बताउँछन् । उनीभन्दा अब्बल अधिकृतहरू समेत बढुवामा छुटेका छन् ।

५६ सालमा इन्सपेक्टरबाट सेवा प्रवेश गरेकाहरू आइतबारको बढुवा सिफारिस सूचीमा परेका हुन् । सोही ब्याचीका गुरुङ २०७५ माघमा एसपीमा बढुवा भएका थिए ।

Advertisement 3

२०७६ माघमा शक्ति केन्द्रबीच तानातानले चितवन जान प्रहरी अधिकारीहरू पछि हटिरहेका बेला गुरुङ अघि सरेर सफलतापूर्वक कमाण्ड सम्हालेका थिए ।

त्यसताका यो विषयले मिडियामा चर्चासमेत पाएको थियो । प्रचण्ड, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गृहजिल्ला चितवनमा गंगा पन्तलाई पठाउने निर्णय गरिएकोमा उनी त्यहाँ गइनन् । पछि गुरुङलाई पठाइएको थियो ।

 

प्रकाशित :२०८० बैशाख १९, मंगलवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry