‘फष्ट बेञ्चर खरदार,लाष्ट बेञ्चर म मुख्यमन्त्री’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर तथा टयालेन्ट विद्यार्थीहरु खरदार भएको तर आफू लाष्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बनेको बताएका छन् । प्रदेशका सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालयमा यस्तो दावा गरेका हुन ।

Advertisement 1

मुख्यमन्त्री कार्कीले भनेका छन्, फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो,कसरी हुन्छ लोकसेवा पास गर्ने, आफ्नो भुँडी भर्ने भन्नेमात्र जान्यो । उ अहिले खरदार  छ,म मुख्यमन्त्री । कार्कीले अगाडि भनेका छन्, प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास ग¥यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन’, उनले भाषणमा भनेका छन्, ‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’

 

प्रकाशित :२०८० माघ २४, बुधबार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry