कीर्ते कर्ममा कमरेडहरुको कीर्तिमानी
एउटै नाम,लोगो,झण्डा भएको दुईवटा संस्था कहिँ कतै देख्नुभएको छ ? कतै देख्नुभएको छैन भने,पेशागत महासंघमा यस्तो जात्रा देख्न पाइन्छ । अरुको लोगो,झण्डा र नाम समेत चोरेर त्यही अवैद्य संस्थाको नेतृत्वमा पुग्न सफल भएका छन्,उपसचिव पुण्यप्रसाद ढकाल । उपसचिव पदबाट स्वेच्छिक अवकाश लिएर उनी पेशागत महासंघको अध्यक्ष बन्न सफल भएका हुन ।
Advertisement 1
एमाले विभाजन हुँदा पेशागत क्षेत्रमा उस्को प्रभाव शून्यजस्तै प¥र्यो । हालै सातौ राष्ट्रिय महाअधिवेशन गरी प्रेमल कुमार खनालको अध्यक्षमा नयाँ कार्यसमिति गठन भइसकेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा प्रभादेवी बज्राचार्य, रामप्रसाद रिमाल, योगेन्द्र यादव, किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी र शरणकुमार गुरुङ छानिएका छन् । महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, सीताकुमारी ओझा, पूर्णबहादुर बुढा, रामकुमार महत र विश्वनारायण मिश्र रहेका छन् । सचिवमा भवानी खड्का, विकास सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव रहेका छन् ।
उसले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेसँगै एमालेलाई तातो लाग्यो र सोही नाम,झण्डा र लोगो प्रयोग गरी अस्ति चैत्र २३ र २४ नक्कली महासंघ खडा गरिएको हो । यस्तै उपाध्यक्षमा भोला पोखरेल र महासचिव केदार देवकोटा बन्न सफल भएका छन् ।
Advertisement 2
समाजवादीको पेशागत महासंघमा निजामती कर्मचारी संगठन, शिक्षक संगठन, अन्तरसंस्थान, अन्तर बैंक, स्थानीय कर्मचारी संगठन, निजी सामुदायिक विद्यालय शिक्षक तथा कर्मचारी, स्वास्थ्य प्राविधिक संघलगायत आबद्ध छन् । महासंघ बन्नका लागि कम्तिमा १० वटा घटक अनिवार्य आवश्यक पर्दछ । अहिले समाजवादीतिर पुगेको पेशागत महासंघ ०५० सालमै कानुनी रुपमा दर्ता भइ सीताराम नेपालको संयोजकत्वमा महासंघ गठन भएको थियो । त्यसलगत्तै २०५१ सालको महाधिवेशनले प्राध्यापक हर्षनारायण धौभडेललाई अध्यक्ष चलाएका,केही समय विश्वनाथ प्याकुरेल,सुशीलचन्द्र अमात्य,प्रमोदराज शर्माहरुले नेतृत्व गरिसकेको । पेशागत महासंघबाट छुट्टिएर ओली खेमाद्वारा बनाइएको नयाँ महासंघको अध्यक्षता बाबुराम थापाले गरेका थिए । थापा पहिले शिक्षक महासंघको अध्यक्ष थिए ।
अहिले समाजवादीतिर पुगेको त्यही संस्थाको एउटै नाम,उही झण्डा र लोगो दुरुपयोग गरी समाजका बौद्धिक वर्ग भनिएका कर्मचारीहरु नै कीर्ते र नक्कली कर्म गरी संस्था जन्माएको भन्दै एकाथरी कमरेडहरु विरोध गर्दैछन् । यसरी अर्काको नाममा दर्ता भइसकेको,लोगो र उही झण्डा प्रयोग गरी एकाथरी एमालेका कमरेडहरु कीर्ते ढंगबाट संगठीत भएका हुन ।