सामान्यले रोक्यो खरिदारको सरूवा तथा पदस्थापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा र पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोक्का गरेको छ ।
गत ८ पुसमा बसेको मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।
सरुवा र पदस्थापनाको काम यही पुस मसान्तसम्म रोकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार कर्मचारी बढुवा प्रयोजनका लागि सुगमबाट दुर्गम कर्मचारी जान खोजेको र लामो समयदेखि दुर्गम बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि मर्का परेको गुनासोपछि पुस मसान्तसम्म सरूवा रोक्ने निर्णय गरिएको हो ।
मन्त्रालयका शाखा अधिकृत ढकालले खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको जनाए ।
Advertisement 1
प्रकाशित :२०७७ पुष १५, बुधबार १०:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%