नुवाकोटका नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

श्री कन्यादेवी आधारभूत विद्यालय, विदुर नगरपालिका–१३, नुवाकोटका प्रावि तृतीय शिक्षक मञ्जु कुमारी थापा ओझा विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

Advertisement 1

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो । शिक्षिका थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार शिक्षक थापाले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आज थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

Advertisement 2

प्रवक्ता दाहालले थापाले विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको जानकारी दिए ।

उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

प्रकाशित :२०८० भाद्र २६, मंगलवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry