अटेरी उपसचिवलाई सामान्यको २४ घण्टे स्पष्टीकरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक जना अटेरी उपसचिवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । संघीय मामिला तथा सामान्य प्रशासनले सरुवा गरेको ठाउँमा जान अटेरी गर्ने उपसचिवलाई मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र २३ को निर्णय अनुसार महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेका उपसचिव महेश पाण्डे हालसम्म पनि रमाना लिई खटाईएको कार्यालयमा नगएको बुझिन आएको हुँदा के कति कारणले खटाईएको कार्यालयमा हाजिर हुन नजानु भएको हो ? पत्रको मितिले २४ घण्टा भित्र यस मन्त्रालयमा उपस्थित भई स्पष्टिकरण पेश गर्नु हुन अनुरोध छ मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अधिकृत विकास शर्मा रिजाल हस्ताक्षरित पत्रमा भनिएको छ ।

पाण्डे प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् । संघीय सरकारले उनलाई स्थानीय तहमा सरुवा गरेकोमा उनले सरुवालाई बेवास्ता गरेपछि स्पष्टीकरण सोधिएको हो ।

Advertisement 2

संघीय सरकारले सरुवा गरेकोमा मुख्यमन्त्रीको कार्यालयले चैत २८ गते स्वास्थ्य मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीमा सरुवा गरेको बताइन्छ ।

सोहीबमोजिम पाण्डे उक्त कार्यालयमा हाजिर भएपछि सामान्य प्रशासनले चैत्र २३ गतेको सरुवा अनुसार बाराको महागढीमाई नगरपालिकामा किन नगएको ? भनेर सोधनी गर्दै हिजो २४ घण्टे स्पष्टीकरण मागेको हो ।

प्रकाशित :२०८० बैशाख १५, शुक्रबार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry