सहसचिव सरुवामा बेथिति :-लोकसेवाका गुरु २२ दिनमै २ पटक सरुवा

कर्मचारी सरुवामा चरम बेथिति देखिएको छ । यस्तो बेथिति सहसचिवहरुको सरुवामा देखिएको हो । सरकारले गत माघ तेश्रो साता एकै पटक २६ सहसचिवहरुको सरुवा गरेको थियो । सरुवामा परेकामध्ये राजश्व र यातायातको डिजी पनि थिए । सरकारले छोटो समयमै राजश्व अनुसन्धान विभाग तथा यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाललाई चार महिनामै हटाएर अहिले श्रममा पठाएको छ । त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेको सरुवा गरेर सत्य निरूपण तथा मेलमिलाप आयोगमा खटाएको थियो ।

Advertisement 1

पाण्डे त्यहाँ खटिएको दुई हप्ता पूरा हुन नपाउँदै संघीय मामिला तथा सामान्य प्रशासनमा तानिएका छन् । सरकारले एकैपटक ६१ जना सहसचिवको सरुवा गर्दा पाण्डे पनि सरुवामा परेका हुन । अस्ति बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागीय मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको थियो । सरूवा हुनेमा अख्तियार अनुसन्धान आयोगका श्यमाप्रसाद भण्डारी प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेका छन् । त्यस्तै गृहमन्त्रालयका छविलाल रिजाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा गएका छन् । सामान्यको प्रवक्ताको जिम्मेवारीमा रहेका रुद्रमानसिंह तमाङले गृहमा इन्ट्री पाएका छन् भने सामान्यमा उपराष्ट्रपति कार्यालयबाट हेमराज तमाङलाई ल्याइएको छ ।
यस्तै महिला आयोगबाट कविराज पौडेल पनि सामान्यमा भित्रिएका छन् ।

प्रकाशित :२०७९ फाल्गुन १३, शनिबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry