कर्मचारी मूल्यांकन पद्धति :-कति वैज्ञानिक,कति व्यवहारिक ?

सरकारले कर्मचारीहरुलाई बढुवा गर्दा शत प्रतिशत अंक दिने गरेको भेटिन्छ । के कार्यसम्पादन अब्बल भएरै हो त ती कर्मचारीहरुले कासमूमा शत प्रतिशत अंक पाउन सफल भएको ?

Advertisement 1

कर्मचारीहरुको शैक्षिक योग्यता,तालिम,जेष्ठता,भौगोलिक क्षेत्रका आधारमा नम्बर दिँइदै आएको छ र यही आधारमा उनीहरु बढुवा हुँदै आएका छन् । कासमू कार्यालयका सुपरीवेक्षक, विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरिन्छ ।

जस्तो अस्ति सोमबारमात्र १५ उपसचिव सहसचिवमा बढुवा सिफारिस भए । समितिको बैठकले उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । निजामती सेवा ऐन २०४९ को दफा २० (४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।
बढुवाका लागि सिफारिस भएका उपसचिवहरुमा नरबहादुर थापा,गोपीकृष्ण कोइराला,शालिकराम आचार्य,ध्रुव बहादुर खड्का,दीर्घबहादुर पोखरेल,घनश्याम उपाध्याय,तीर्थ प्रसाद धिताल,राजेश गौतम,ऋृषिराम पंगेनी,रामुराज कडरिया,सन्तोष प्रसाद दाहाल,सूर्य बहादुर खत्री,जीवन प्रसाद दुलाल र ऋृषिराज आचार्य रहेका छन् ।

Advertisement 2

कार्यक्षमता मुल्यांकनका आधारमा भएको बढुवामा उनीहरुले शत प्रतिशत अंक पाएको देखिन्छ । बढूवा सिफारिस समितिले सय पूर्णाकमा दश हजार अंक दिएर नतिजा सार्वजनिक गरिदिएपछि प्रशासनिक वृत्तमा हलचलै ल्यायो ।

Advertisement 3

बढुवा सिफारिस समितिले नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरू घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय, महेशकुमार सुवेदीहरुलाई बढुवाका लागि सिफारिस गरेको छ । जसमा घनश्यामले ९९ दशमल ६७,रामप्रसादले ९८ दशमलव १३ अंक पाउँदा महेश कुमार सुवेदीले शत प्रतिशत अंक पाएर बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट उपसचिव जगरनाथ दास ९६ दशमलव ६० रनेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका सुनिल कुमार ठाकुर शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस भएका छन् ।
समितिले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट उपसचिव भीमार्जुन पाण्डेलाई शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस गर्दा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका कृष्णराज पन्थलाई ९९ दशमलव २६ प्रतिशत नम्बर दिएर बढुवाका लागि सिफारिस गरेको छ ।

यसरी दिइने कासमू नम्बर कतिको वैज्ञानिक छ ? सरकारी कर्मचारीहरु नै कार्यसम्पादन मूल्यांकन गर्ने विद्यमान परिपाटीप्रति सन्तृष्ट छैनन् ।

कुनै पनि कर्मचारीले आफ्नो पदीय जिम्मेवारीअनुसार काम गरे वा नगरेको मापन तथा मूल्यांकन गर्ने विधि कार्यसम्पादन मूल्यांकन (कासमू) हो । यसको अवधारणा कर्मचारीले कुनै पनि काम गर्दा लगाएको समय, कामको परिमाणदेखि प्रभावकारितासम्मको मापन गर्नु हो । त्यसैगरी, कर्मचारीका गल्ती तथा कमीकमजोरीलाईं पनि यसमार्फत औंल्याइन्छ । कर्मचारीको बढुवा, पुरस्कार, दण्ड सजाय, वृत्ति विकास, उच्च शिक्षा अध्ययन छनोटमा यसैलाई आधार मान्ने गरिएको छ ।

सरकारी कर्मचारीहरु नै यो प्रणाली वैज्ञानिक नभएको स्वीकार गर्दछन् । कतिपय स्थितिमा दीर्घरोगी,अल्जाइमरजस्तो गम्भीर रोग लागेका कर्मचारीमात्र होइन भ्रष्टाचार प्रकरणमा अख्तियारले विशेषमा मुद्धा चलाएका कर्मचारीले शत प्रतिशत अंक पाएको देखिन्छ ।

कार्यालय प्रमुख वा हाकिमसँग टसल परेका कर्मचारीहरुको कासमू रेटिने गरेको सुनाउँछन्,कर्मचारीहरु नै । जो दूरदराजमा बसेर काम गर्दछ । दिनरात जनताकै लागि काम गर्दछ चाकडी वा चाप्लुसी जान्दैन उसको कासमू अंक कम हुने तर जो हाकिमको चाकडी गर्दछ,जो सिंहदरबार वरिपरी घुमिरहन्छ उसैको कासमूमा शत प्रतिशत अंक आउने गरेको कर्मचारीहरु तीतो पोख्छन् ।

प्रकाशित :२०८० मंसिर २८, बिहीबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम