नापी र मालपोत कार्यालय एकीकृत गरिने
भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी वनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुइवटा निकाय धाउदा समस्या भोग्नु परेको तथा सरकारी खर्चमा मितव्ययीता ल्याउन समेत यी दुई कार्यालयको शीघ्र एकीकरण गरिनु पर्नेमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सो कुरा वताएका हुन् ।
Advertisement 1
नापी विभागका कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा उनले नापी प्रशासकहरु विषयगत विज्ञ र दक्ष भएकोले यो दक्षताको प्रयोग जनताले सरल र झन्झट रहित सेवा प्राप्त गर्न प्रइवग गर्नु पर्ने कुरा उनले बताए ।
उनले भने देशमा भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ नापी विभागले यस सम्बन्धी सवै जग्गाको विवरण तयार गरि भूमिहीन हरुलाई समेत भूस्वामित्व दिने वातावरण निर्माण गर्न सहयोग गर्नु पर्दछ । नापी विभागका महानिर्देशक जनकराज जोशीले अव जिल्लामा मालपोत र नापी दुई कार्यालयहरु रहनु आवश्यक छैन यी कार्यालयहरु एकीकरण गरि एकै थलोवाट सेवा प्रवाह गर्नु ठीक हुने कुरा वताए । यो जनताको माग पनि हो उनले बताए ।