त्यो क्षण

कुमार दाहाल,सहसचिव

शुन्यको अर्थ थिएन,
झर्दै थिए क्रमशः मायाहरु,
एकएक गर्दै, तप्प-तप्प,
कुनै चाहना थियन,
तृप्ति ,अपूर्ण बन्दै थियो।

Advertisement 1

गाेधुली क्षितिजमा,
बाँस बस्न उडेका चराजस्तै,
निर्मग्न उडान थिए,
खाेट क्रमशः झर्दै थिए,
फरक हराउँदै थियो, आफैँभित्र,
सत्य,अतृप्ति बन्दै थियो।

क्षणहरु, उत्तर बन्दै दिए,
पातमा, चराले गुण लाए जस्तै,
विश्वास नै नगरी सत्यलाई,
झर्दै थिए विश्वासहरु,
मन पग्लिएको कायामा,
तृष्णा ,सत्य बन्दै थियो।

Advertisement 2

ब्रह्माण्ड ,गोलो हुँदै थियो,
आवाज बिनाको यात्रामा,
आफैँभित्र लमतन्न छन् बाटाहरु ,
लक्ष्य र दुरी देखिँदैन,
सबै आफ्नै झन्, कुनै फरक छैन,
आनन्द, रहस्य बन्दै थियो।

दुख,कारण देखिदैन,
सबै मुस्कुराउँछन् ,आफैभित्र,
बिन्दुहरु खुल्दै थिए,
अध्यारोमा तारा चम्के जस्तै,
विलय हुँदै थिय, विषयहरु,
प्रेम ,गहिरो बन्दै थियो।

Advertisement 3

फर्कन मान्दैन त्यो मन,
जन्म,अर्थ बन्दै थियो,
पिता पुत्रको मिलाप जस्तै,
संगितमा बिलाएकी नित्यङ्ना झै
उत्सव बनेको ,
त्यो क्षण, पु्र्ण बन्दै थियो।

प्रकाशित :२०७९ चैत्र २४, शुक्रबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry