मेरा लागि जिन्दगी आहा छ!

मिलाउनै पर्ने मिलाएकै छु
गर्नै पर्ने गरेको छु
नियम र परिधी मिचेको छैन
झुटले कहिँ, कतै,कसैलाई थिचेको छैन
फुस्रा र उधारा वचन कसैलाई दिएको छैन
जिम्मेवारी र जरुरतबाट पन्छिएको हैन ।

Advertisement 1

जिवनमा कति गरियो कति भोगियो
पलपलको हिसाब बिर्सिएको छैन ।

जिवनमा कस्ले के बुझ्यो कसरी बुझ्यो
उसैका लागि बुझ्यो,
अरुका लागि खास बनियो भनिएन
राम्रो देखिन अरु जस्तै बनिएन
मेटाईएन आफ्नोपन छोडिएन सत्यको बाटो
थुकिएन आकाशतिर कुल्चिएर आफ्नै माटो
अनिश्चित छ यात्रा निश्चित हो भनेको छैन
अथाह छन् फल फलेका सुन्दर बृक्षहरु
चाखियो कति फल तर वृक्ष निम्ट्याएको छैन ।

Advertisement 2

आजसम्म बुझेको जीवन यही हो,
सकिन्छ सत्कर्म गर्दै सत्मार्गमा पदयात्रा गर्ने हो
नत्र कुकर्म, कुसंस्कार र अन्यायको मलामी जाने हो जन्ती हैन ।

अरुका लागि बाँचेको अरुका लागि हाँसेको
हुँदा हुँदा सम्बन्ध पनि अरुकै खुशीको लागि गाँसेको
भन्ने झुट स्थापित छ यहाँ,
तर कसम म मेरा लागि बाँचेको हुँ
म मेरै लागि हाँसेको हुँ
अनि तत् तत् सम्बन्धहरु पनि मेरै खुशीको लागि गाँसेको हुँ ।

Advertisement 3

खोजिएन आजसम्म, बुझ्नेको बुझाई बुझ्नेलाई नै थाहा छ
व्याख्या गर्नुपरे उसैले गरोस्,
बुझ्नेले जसरी बुझोस, जसरी लेखोस्, भन्नेले जे भनाेस्
तर साँच्चै मेरो जिन्दगी मेरा लागि आहा छ ।।

उत्तरगया ४ रसुवा
हाल: तारकेश्वर काठमाडौ ।
२०८०/०६/०३

प्रकाशित :२०८० पुष ६, शुक्रबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry