शहरी सचिव आचार्यको ‘हाम्रो मौलिक शहर’ बजारमा (भिडियोसहित)

नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात गीतकार सियराद्धारा रचित गीति एल्बम हाम्रो मौलिक शहर आज सार्वजनिक भएको छ ।

Advertisement 1

वानेश्वरमा स्थित होटल एभरेष्टमा नगर विकास कोषको ३५ औं बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा शहरी विकास मन्त्री विक्रम पाण्डेले एल्बमको बिमोचन गरेका हुन्।

निजामती सेवाभित्र अब्बल प्रशासकका रुपमा परिचित आचार्य साहित्यिक वा सांगीतिक दुनिँयामा सियरा उपनामले चिनिँदै आएका छन् । गीतको रचना सियाराले गरेका हुन । यो गीतमा संगीतकार महेश खड्काले संगीत दिएका छन् ।गीतमा बिषम आचार्य र वेनिसा पौडेलको स्वर रहेको छ ।

Advertisement 2

बिमोचन कार्यक्रममा पूर्व सचिव तथा गीतकार एसपी कोइराला,संगीतकार महेश खड्का लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

आचार्यले यस अघि गहिरो छ माया,तिम्रो प्रेरणाले,मुलुकले आज केही खोजिरहेछ,  ‘रमाउँदै आयौ’ चुपचाप गीति एल्बमको सफलतापछि हालै ‘हाम्रो मौलिक शहर’ बजारमा सार्वजनिक भएको छ ।

Advertisement 3

इञ्जियर व्याकराउण्ड आचार्यले जागिरे जीवनमो लामो कालखण्ड लामो समय पर्यटन मन्त्रालयमा बिताए । सचिव पदमा बढुवा भएसँगै नेपाल ट्रष्टको कार्यालय,पुर्ननिर्माण प्राधिकरण,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको (प्राविधिक), खानेपानी, प्रधानमन्त्री कार्यालय हुँदै हाल शहरी बिकास मन्त्रालयको कमाण्ड गर्न आइपुगेका छन् उनी ।

निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् ।सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।

प्रकाशित :२०७९ फाल्गुन २, मंगलवार १९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry