शहिद लखन थापा मगर नामक पुस्तक मन्त्री आलेद्वारा सार्वजनिक

लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेले विमोचन गरे ।

Advertisement 1

मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरबाट राजनीतिक सङ्गठन गरी लखन थापा मगरको नेतृत्वमा करिब दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सम्म पहिलोपटक नेपाली जनताले विद्रोह गरेको स्मरण गरे

लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेले विमोचन गरे ।

Advertisement 2

मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरबाट राजनीतिक सङ्गठन गरी लखन थापा मगरको नेतृत्वमा करिब दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सम्म पहिलोपटक नेपाली जनताले विद्रोह गरेको स्मरण गरे ।

नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहिद घोषणा गरी उच्च सम्मान गरेको मन्त्री आलेले बताए । उनले लखन थापालाई सम्मान गर्न र गोरखाको शहिद लखन गाउँपालिका–७ रहेको लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने बताए । नेपालका प्रथम जनविद्रोही शहिद लखन थापा मगर नामक पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने विश्वास गरे ।

Advertisement 3

आदिवासी, जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरले राणा सरकारको आदेशमा विसं १९३३ मा गोरखाको हालको शहिद लखन गाउँपालिका लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको स्मरण गरे । उनले सहादत प्राप्त गर्नु मानव जीवनको सबैभन्दा ठूलो देन भएको विचार राखे ।

राष्ट्रियसभाका सदस्य माननीय सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको बताउँदै राष्ट्र निर्माणमा लखन थापालगायत हजारौँ मगर योद्धाहरुले बलिदानी प्रदान गरेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रथम शहिद लखन थापा मगरजस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको बताए ।

शहिद लखन गाउँपालिका, गोरखाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले मन्त्री आलेमार्फत नेपाल सरकारसमक्ष आठ बुँदे ज्ञापनपत्र पेश गरे । ज्ञापनपत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरी उनले सहादत प्राप्त गरेको दिन सार्वजनिक बिदा व्यवस्था गरी सरकारीस्तरबाट राष्ट्रियरूपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य छ जनालाई शहिद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरे पनि क्रान्तिकारी युद्धमोर्चामा सक्रिय हुनेहरुलाई प्रथम जनविद्रोहका योद्धाको रूपमा राज्यबाट सम्मान प्रदान गर्नुपर्ने माग गरिएको छ ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले लखन थापा मगरको नामबाट गाउँपालिकाको नामाकरण हुनु गौरवपूर्ण भएको उल्लेख गर्दै आम जनमानसमा लखन थापाको योगदानबारे सञ्चार गर्न विमोचित पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने विश्वास व्यक्त गरे । आयोजक संस्था गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले लखन थापा मगरको सम्मानमा उनले सहादत प्राप्त गरेको स्मृति दिवसका अवसरमा विसं २०७५ बाट गाउँपालिकाले हरेक वर्ष स्थानीय बिदा दिने गरेको बताए ।

लेखक तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले प्रथम शहिद लखन थापा मगरको बारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नावशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवं घटनाक्रमहरूको वस्तुगत तथ्य र प्रमाणका आधारमा उक्त शोधग्रन्थ तयार गरिएको बताए ।

 

प्रकाशित :२०७८ चैत्र ६, आईतवार ०५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry