कुशल प्रशासक सुरेश आचार्यको बदलिएको पहिचान
कुशल प्रशासक सुरेश आचार्यको पहिचान फेरिएको छ । अब उनी गीतकारका रुपमा दर्ज भएका छन् ।
Advertisement 1
जीवनका उर्जाशील समय पर्यटन मन्त्रालयमा बिताएर केही अघि सचिवमा बढूवा भइ हालै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन भएका आचार्यले मंगलबार एक कार्यक्रमका बीच तिम्रो प्रेरणाले गीति एल्बम सार्वजानिक गरेका छन् । साहित्यिक र श्रृजनाका क्षेत्रमा सियरा आचार्य उपनामले परिचित उनको गीति एल्बम तिम्रो प्रेरणाले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको हातबाट बिमोचन गरिएको हो ।
पूर्व मुख्यसचिव विमल कोइराला,पूर्व मन्त्री तथा सचिव एस्पी कोइराला,पूर्व उपसचिव तथा गीतकार संघका अध्यक्ष चुणामणि देवकोटा, बरिष्ठ संगीतबार टीका भण्डारी र चर्चित गायक प्रमोद खरेल,जनवादी गायक नारायभक्त दुलाल रायनहरुलाई साक्षी राखेर उनको एल्वम विमोचन गरिएको हो । राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले उनको प्रशासनिक क्षमताको खुलेरै प्रंशशा गरे । मन्त्री भट्टराईले प्रशासनिक क्षमताझैं गीत लेखनको निरन्तरताको कामना गरे ।
Advertisement 2
यस्तै सो कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले पठाउनु भएको गीतकार आचार्यको गीति यात्राको सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो । यस्तै पूर्वमन्त्री तथा गीतकार एस पी कोईराला र पूर्वमुख्य सचिव बिमल कोईरालाले गीतमाथि टिप्पणी गर्दै आचार्यको गीत लेखन गहन र मन छुने खालको रहेकाले निरन्तरताको कामना गरिएको थियो ।
सो एल्वम किरण क्रियशनले बजारमा ल्याएको हो । सो एल्वमभित्र ए अधूरो जीवन,प्रेरणा दियौं,मुलुकले आज,म परदेश जाँदा,कति तीता मीठा,कहाँ पोखौं मेरो माया,तिमी अकाश छुन खोज्थ्यौं लगायतका गीतहरु समाबिष्ठ छन् ।