श्रममन्त्रीमा दीपककुमार साह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

Advertisement 1

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। साह महोत्तरी–२ बाट निर्वाचित छन्।

लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।

Advertisement 2

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।

उनले विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुलेका छन्। साह मैथिली कला, भाषा तथा साहित्यको राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न पनि सक्रिय थिए।
–––

प्रकाशित :२०८२ चैत्र १३, शुक्रबार १५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry