७२ जना अधिकृत पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ७२ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल विविध सेवा, महिला विकाश अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ५५ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत १६ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।
Advertisement 2
यस्तै, नेपाल विविध सेवा, रेखा विशेषज्ञ, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत भने कुनै पनि उम्मेदवारको दरखास्त परेको छैन।
हेर्नुहोस् सूचना:
Advertisement 3



प्रकाशित :२०८२ चैत्र ४, बुधबार १३:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














