७१ प्रतिशत इन्जिनियर फेल
इन्जिनियरको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् भने २८.५ प्रतिशत मात्र पास भएका छन् ।
Advertisement 1
नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । लाइन्सेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुले नेपालभर काम गर्न नपाउने परिषद्ले जनाएको छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
Advertisement 2
नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरुबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन् । त्यस अतिरिक्त भारतलगायत देशबाट पनि उच्च शिक्षा लिनेहरु छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।
engineering council license Result