लोकसेवामा ५५ पटकसम्म असफल भएका मनिषको कहालीलाग्दो कहानी

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । मान्छेले सबै चिज भुल्न सक्छ तर कदापी पनि भुल्न सक्दैन आफ्नो विगत । सरकारी सेवामा प्रवेश गर्ने हर कोहीको रहर हुन्छ तर सबै रहर कहाँ पूरा हुन्छन् र ?
अक्सर हामी जीवनमा एक दुईवटा असफलता हात लागेपछि मोड्छौ जीवनको बाटो तर सम्भवनाको एउटा द्धार भए पनि खुल्ला हुन्छन,अरु तीन द्धार । हो त्यही सकरात्मक चिन्तन,इमान र निरन्तर लगावले ५५ पटक लोकसेवाका परीक्षामा असफलता बेहोरेका मनिष जोशी ५६ पटकको प्रयास पछि सरकारी सिन्दुर लगाउन सफल भएका छन् ।
जोशीले १० वर्षे लोकसेवाको युद्धलाई जितेर आफू निजामती सेवामा प्रवेश गर्न सफल भएको बताएका छन् ।

Advertisement 1

अभाव, बाधा र कैयन रहरहरुको आँशु पिएर उनी सरकारी कर्मचारी बन्न सफल भएका हुन । जोशी भन्छन्, सपना त्यस्तो थियो निजामती बाहेक अरुको झल्को पनि आउन्थ्यो । संघीय लोकसेवा आयोगका विभिन्न ३२ वटा परीक्षामा असफलता झेले,प्रदेश लोकसेवा आयोगमा ८ पटक अनुत्र्तीण भए । प्राधिकरण, बैंक तथा संस्थानमा १५ पटक असफल भए । यीमध्ये केहीमा वैकल्पिकमा नाम निस्कियो । कुनै परीक्षामा पहिलो पत्रमै असफल भए ।
भन्छन नि जीवनमा सबै चिज खानु तर नखानु हरेश । हो त्यही आशा स्वरुप उनी प्रयास गरिरहे र ५६ औं पटकको प्रयासमा प्रशासन समूह,लेखा समूहमा राप अन प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका छन् ।
हिजो उनको यो असफलतालाई देखेर जीवनमा केही गर्न सक्दैन भन्ने र दुखद क्षणमा नुनचुक छर्नेहरुलाई सबैभन्दा ठूलो गुरु मानेका छन् उनले । तिनकै प्ररेणाले उनलाई अझ मेहनत गर्न अठोट जगाएको उनी बताउँछन्।

१० बर्षसम्म लोकसेवामा मात्र घोटिएको देख्दा उनको आमाले छोरा लोकसेवाको परिक्षा मात्र कति दिन्छ्स आइज बरु अरुनै केहि गर्नुपर्दछ भन्नुहुन्थ्यो । अनि सम्झिन्थिए यो प्रवेशपत्रहरुको ठेली मात्र छ मेरो सम्पत्तिको नाममा मसँग बरु अझै यहि ठेली केही बाक्लो पार्छु अनि मेहनत दोब्बर पारेर सफलता प्राप्त गर्दछु ।
नभन्दै ०७८ ७९मा जलेश्वरबाट नासु प्रशासन र लेखाको लिखितमा उत्तीर्ण भइ सिफारिस समेत भइसकेका छन् ।
भन्छन निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पगाल्न सकिन्छ । उसै गरी निरन्तर प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकरात्मक उर्जा लिएर लगतार प्रयास गरिरहें । ५५ पटकसम्मका प्रयासमा असफल भएका मनिषले ५६ औं पटकको प्रयासमा संघतर्फको नायब सुब्बा (लेखा)तर्फ नाम निकाल्न सफल भएका छन् ।

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry