सरकारी सुविधाको इन्धन कटौती हुने
अर्थमन्त्री जनार्दन शर्माले सरकारी सुविधाको इन्धन कटौती हुने बताएका छन् । आर्थिक व्यवस्थामाथि परेको दबाब कम गर्न र मितव्यिताको नीति अपनाउनका लागि अबदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न नपाउने प्रस्ताव तयार भएको र यस्तो प्रस्ताव क्याविनेटमा पुगेको बताएका हुन ।
क्याविनेटमा पुगेको यो प्रस्तावले पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती हुने अर्थमन्त्री शर्माको दावा छ ।
Advertisement 1
इन्धनमा हुने सरकारी खर्च कम गर्न भन्दै सरकारले सातामा दुई दिन शनिवार र आइतबार बिदा दिने प्रस्ताव समेत क्याविनेटमा पठाएको छ ।
शर्माले उपभोक्ताहरुलाई इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने बताए । उनले महँगा एवम् विलासी गाडीको आयात रोक्न पनि प्रस्ताव गरिएको पनि सुनाए ।
Advertisement 2
मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जनाउँदै मन्त्री शर्माले क्याविनेटमा गएको यो प्रस्ताव छिट्टै पारित भएर लागू हुने जनाए ।