अख्तियारको डीएसपी हुँ भन्दै धम्की दिने अख्तियारबाटै पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अख्तियारको डीएसपी हुँ’ भनि कर्मचारीलाई धम्की दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
Advertisement 1
पक्राउ पर्नेमा एग्रोमाट नेपाल प्रालि भैँसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्ट रहेका छन्।एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
विभागमा काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सिईओ एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको उनले बताए ।
भट्टमाथि थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको अख्तियारले जनाएको छ ।