मालपोतको सुव्बाले कीर्ते कागजात बनाएर प्रहरीकै ३६ रोपनी जग्गा हडप्न खोजेपछि…

 

Advertisement 1

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मालपोतबाट रिटायर्ड भएका नासुलाई पक्राउ गरेको छ । कीर्ते कागजपत्र बनाएर नेपाल प्रहरीको निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हड्पन खोजेपछि उनी पक्राउ परेको सिआइबीले जनाएको छ ।

काभ्रेको पनौतीमा निर्माणधिन ३६ रोपनी जग्गामा निर्माणाधिन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् ।

Advertisement 2

वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएको थियो । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । तर, पुष्करबहादुर बस्नेत आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ । उनीविरुद्ध सिआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

बस्नेत, मालपोत कार्यालय काभ्रेका पूर्वकर्मचारी हुन् । मालपोतमै हुँदा उनले कीर्ते कागजपत्र बनाएका हुन् ।

Advertisement 3

 

प्रकाशित :२०८० मंसिर ६, बुधबार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry