काठमाडौँ महानगरले कर्मचारीलाई पैसा दिएर १५ दिन घुम्न पठाउने

संघीय सरकारले आफ्ना कर्मचारीलाई वर्षमा १० दिन दिने भनेको पर्यटन काज बिदा दिने निर्णय अलपत्र परिरहेको समयमा स्थानीय सरकारले भने १५ दिने खर्चसहितको रिफ्रेसमेन्ट बिदा दिने कार्यविधि ल्याएको छ ।

Advertisement 1

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा बजेटमार्फत ‘आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकबराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने’ घोषणा गरेका थिए । उक्त घोषणा अलपत्र गरिरहेकै समयमा सोहीको सिको गर्दै काठमाडौं महानगरपालिकाले कर्मचारीहरुलाई खर्चसहित रिफ्रेसमेन्ट भ्रमण बिदा दिने भएको छ । यस्तो बिदा बर्षमा एकै पटक वा दुई पटक गरेर लिन सकिने महानगरपालिकाद्धारा जारी गरिएको काठमाडौं महानगरपालिकाले पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ मा व्यवस्था गरिएको छ । तर एक पटकमा ७ दिनभन्दा कम अवधिका लागि भने यस्तो बिदा स्वीकृत नगरिने जनाइएको छ ।

यस्तै दुई पटक गरेर बिदा लिन चाहने कर्मचारीको हकमा भने पहिलो र दोश्रो रिफ्रेसमेन्ट बिदाको अवधि कम्तीमा ४ महिनाको हुनुपर्ने र यस्तो बिदा असार मासमा लिन नपाइने कार्यविधिमा व्यवस्था गरिएको छ ।

Advertisement 2

यस्तो बिदा करारका कर्मचारीहरुले समेत पाउनेछन् तर उनीहरु करार सेवामा नियुक्त भएको ६ महिना पूरा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रकाशित :२०७९ फाल्गुन ४, बिहीबार १९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry