अख्तियार छेउकै अड्डामै दर्जनौं अनियमितता
कोही किन आकर्षक प्राइभेट जागिर छोडेर सरकारी जागिरमा झर्छ ? राष्ट्रप्रेमले ओतप्रेत भएर वा अकुत आर्जन गर्न सक्ने प्रवल सम्भावना देखेर ?
होइन भने एनसेलमा जागिर खाने नेपाली नागरिकमै उच्च तहका कर्मचारी(सिइओपछिको सेकेण्ड म्यान),व्यक्तिगततर्फ बढी कर तिर्ने उत्कृष्ट २५ जनाभित्र पर्न सफल रमेश घिमिरे उपसचिव तहको जागिरमा भिड्न किन राजी भए ?
Advertisement 1
जनार्दन शर्मा अर्थमन्त्री हुँदा टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको थियो । यसअघि नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त निर्देशकहरूलाई खटाइँदै आएकोमा जनार्दन शर्माले क्रमभंग गर्दै आफ्ना निजी सचिवलाई त्यहाँ पठाए ।
अर्थबाटै अवकाशप्राप्त एक सचिवले इकर्मचारी डटकमसँग भने, ‘उपसचिवलाई खटाउने नहुने ठाउँ हो त्यो । बेथितिको सुरुवात त्यहीँबाट भयो ।’ निक्षेप र कर्जाको सुरक्षण गर्ने उद्देश्यले खोलिएको उक्त संस्थाको आम्दानी मात्र हुने तर खर्च हुने ठाउँचाहिँ कम छ । अघिल्लो आर्थिक वर्ष खुद नाफा ३ अर्ब भन्दा बढी, कोभिडताका सरकारी कोषमा ५ करोड सहयोग गरेको संस्थालाई धराशयी बनाएर जनकपुर चुरोट कारखाना, बाँसवारी छालाजुत्ताझैँ बनाउने उद्देश्यले एनसेलमा हुँदा कानुन, नियमन तथा कर्पोरेट विभाग हेर्दै आएका घिमिरेलाई योजनाअन्तर्गत त्यहाँ पठाइएको बताउँछन् अर्थका अधिकारीहरू ।
Advertisement 2
घिमिरे त्यता प्रवेश गर्नुअघि धितोपत्र बोर्ड र नेप्सेमा समेत आवेदन हालेर फालिएका थिए । त्यहाँ बिचौलिया दीपक भट्टका खास मानिने रमेश हमालदेखि कृष्णबहादुर कार्कीसम्म फिट भएपछि घिमिरेले टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषतर्फ आँखा लगाएको बताइन्छ ।
कमर्सियल ल मा एलएल एम उत्तीर्ण गरेका उनी कोषको हर्ताकर्ता बनाइएको छ भने त्यहाँका सञ्चालक समितिमा अहिले अर्थबाट बाहिरिएर स्वास्थ्य मन्त्रालय पुगेका सहसचिव रमेश केसी, कानुन, न्याय तथा संसदीय मामिलाका हुमबहादुर केसी, राष्ट्र बैंकका तुल्सीप्रसाद घिमिरे, उपेन्द्र पौडेल र प्रकाशजंग थापा छन् ।
यसअघि कोषले सेञ्चुरी कर्मसियल बैंकमा ३ अर्ब प्रक्रियासमेत नपु¥याई राखेको थियो ।