उद्योगका अटेरी इञ्जिनियर सेवाबाटै बर्खास्त
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक इञ्जिनियरलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालय मातहतको खानी तथा भूगर्भ विभाग पदाधिकार रहेका इञ्जिनियरिग सेवा जियोलोजी समूह,जनरल जियोलोजी उपसमूह (राजपत्र तृतीय श्रेणी) जियोलोजिष्ट सन्तोष अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरिएको सूचनामा जनाइएको छ ।
Advertisement 1
७८ साउन १७ गतेदेखि विना सूचना र विदा स्वीकृत समेत नगराई निजामति सेवा नियमावली अनुसार लगातार ९० दिन आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसुरमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहनु गरी सेवाबाट हटाउने विभागीय सजाय गरेको जनाइएको छ ।
Advertisement 2
अधिकारीलाई यो सजाय चित्त नबुझेको खण्डमा प्रशासकीय अदालतमा समक्ष सूचना प्रकाशन भएको ३५ दिनभित्र पुनरावेदन गर्न सक्नेछन् ।
प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार १०:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%