सीमाना बाहिरका मतदाता

लोकतन्त्र वा प्रजातन्त्रमा चुनावको महत्व हुन्छ। सार्वभौम रहेका नागरिकले आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारलाई मौलिक हक वा प्राकृतिक हक भनिन्छ। यस किसिमको संवैधानिक हकलाई सीमा भित्र रहेका मतदाताले हरेक आवधिक निर्वाचनमा उपभेग गर्दै आएका ऱ्छन् तर विभिन्न कारणले सीमा बाहिर रहेका मतदाताहरू यो हकबाट बन्चित छन्। यसरी मतदान गर्न पाउने आफ्नो मौलिक हकबाट बन्चित हुनु परेको कारण हो- निर्वाचन सम्बन्धी कानूनमा सो ब्यबस्था नगरिनु।
Advertisement 1
नेपालको संविधान २०७२ बनेको एक दशक सम्म पनि सो कानून नबन्नुको कारण हो हाम्रा विधायकहरू यस्ता मतदाता संग डराउनु। यो डर किन भयो भने यसरी विदेशिने अधिकांश मतदाताले देश भित्र रोजगारी सृजना नगर्ने, स्तरीय शिक्षा नदिने, भ्रष्टाचार नियन्त्रण नगर्ने, सहज डेलिभरी नदिनेहरूको विरूद्धमा मतदान गर्छन् र त्यसमा हामी पर्छौ भन्ने डरले र यस्ता मतदातालाई प्रभावमा पार्न सकिदैन भन्ने डरले विदेशमा रहेका मतदाताहरूलाई समेट्न नखोजिएको हो। यी जनप्रतिनिधि भनिएकाहरू सकारात्मक भई दिएको भए सम्मानीत सर्वोच्च अदालतबाट यो विषयमा निर्देशात्मक आदेश दिई रहनु पर्ने थिएन तर यो आदेश आएको पनि ८ वर्ष भै सक्यो तर पनि हाम्रा विधायकहरू चूप लागेर बसेकै हुन् तर यही भदौ २३,२४ मा भएको जेन-जी विद्रोहको प्रयासले विदेशमा रहेका मतदाताले समेत मतदान गर्न पाउने गरी अध्यादेश मार्फत निर्वाचन सम्वन्धी ऐन संशोधन गर्ने प्रयास अगाडि बढेको चर्चा आएको छ, जुन सकारात्मक छ।
एउटा कुरा के सत्य हो भने कुनै पनि नागरिक रहरले विदेशिएको हुदैन। ऊ वाध्यताले विदेशिएको हो भने ऊ वाध्यतिने कारण पनि अवश्य हुन्छन्। ती कारण बुझेर नीति बनाउन सक्षम प्रतिनिधि छनौट गर्न विदेशमा रहे वसेका मतदाताले पनि पाउनु पर्छ। किनभने उनीहरू पनि सार्वभौम नागरिक हुन्। उनीहरूको स्रंरक्षकत्व पनि राज्यले वहन गर्न सक्नु पर्छ। त्यसैले उनीहरूलाई समेत मतदानमा सरीक गराउनु पर्छ। यसरी विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानमा सरीक गराउने ब्यबस्था विश्वका विकसित, विकासोन्मुख देश सबैले अभ्यासमा ल्याई सकेका छन् भने नेपाल पनि यसबाट भिन्न हुन सक्दैन।
Advertisement 2
निर्वाचनमा मतदाता, मतदान केन्द्र र ब्यबस्थापनको कुरा महत्वपूर्ण हुन्छ। पहिलो काम हो मतदाताको विवरण संकलन । यसको निम्ति नेपाली नागरिकता वा राहदानीको आधारमा मतदाता नामावली तयार गर्ने, यसको लागि विदेश स्थित कुटनीतिक निकायबाट नेपाली समुदाय संगठित रहेका ठाऊमा कर्मचारी खटाउने र मतदाता परिचय पत्र दिने। यही वखत निर्वाचनमा चाहिने स्वयं सेवीहरूलाई पनि परिचय पत्र दिने।
त्यस पछि मतदान केन्द्र तोक्ने र यसमा जुन जुन स्थानमा नेपालीको संगठन ( यहा संगठन भन्नाले राजनीतिक संगठनलाई भनिएको हैन) छ , ती ती ठाऊमा मतदान केन्द्र तोक्ने र त्यसको ब्यबस्था त्यहाको कुटनीतिक निकायले त्यो देशको सम्बन्धित निकाय संग समेत समन्वय गरेर गर्नु पर्ने पनि हुन सक्छ, त्यो गरेर टुंगो लगाउने।
Advertisement 3
त्यहा बस्ने नेपालीहरू मध्ये कतिपय संग निर्वाचन आयोगबाट प्राप्त गरेको मतदाता परिचयपत्र समेत हुन सक्छ, तिनीहरूलाई सोही आधारमा मतदान गर्न दिने।
जहां सम्म ब्यबस्थापनको काम छ यो काम निर्वाचन आयोगको निर्देशन र स्थानीय समुदायको सहयेगमा सम्वन्धित कुटनीतिक नियोगको समन्वयमा गर्न सकिन्छ। निर्वाचनको यो काममा वर्तमान प्रविधिको प्रयोगबाट सहजै गर्न सकिन्छ। विदेशमा रहेका मतदाताहरू समेत यो प्रविधि संग अवश्य नजिक छन्, त्यसैले ए आई प्रविधि नै सर्वोत्तम प्रविधि हो। यसको प्रयोग प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा प्रयोग गर्न मिल्ने गरी कानूनी ब्यबस्था गर्नु पर्ने हुन्छ।
यो फाल्गुन २१ मा चुनाव गराउनका लागि तोकिएको समय र विदेशमा रहेका मतदातालाई समेट्ने विषय ज्यादै दवाव मूलक छ। यसको लागि छोटो समयमा धेरै काम गर्नु पर्ने अवश्य छ तर काम गर्न सकिन्छ। अहिलेको माग भनेको पुराना नेताको विकल्प हो, जुन जेन-जी लगायत सबै राजनीतिक भित्रका यूवाहरूमा सन्चार भै रहेको छ। त्यसै गरी विदेशिएका अधिकांश यूवालाई समस्त निर्वाचन प्रणालीमा समावेश गर्ने विषय पनि सबै यूवाको माग हो। यसर्थ विदेशिएका यूवालाई राष्ट्रमा हुने चुनावमा समेट्न हाल थालनी गरिएको प्रयासले सार्थक रूप पाउनै पर्छ।