सुनको मूल्य निरन्तर अकासिँदो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज १ तोला सुन २ हजार ३०० ले महँगो भएको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु २ लाख ३३ हजार १०० मा कारोबार भएको १ तोला सुनको मोल आज रु २ हजार ३०० ले बढेर रु २ लाख ३५ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।
सोमबार १ तोला चाँदी रु २ हजार ९६० मा खरिदबिक्री भएको थियो। गत आइतबार १ तोला सुन रु २ लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजार ९३० मा क्रयविक्रय भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ३ हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित :२०८२ आश्विन २१, मंगलवार ११:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%