यी हुन उपसचिवमा बढुवाका लागि सम्भाव्य ४० उमेद्धार
शिक्षा सेवातर्फबाट उपसचिव तहमा बढुवाका लागि ४० जना सम्भाव्य उमेद्धारको नामावली सार्वजनिक भएको छ ।
Advertisement 1
जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि शिक्षा प्रशासनतर्फको ६ र एक– एक जना पुरातत्व र पुस्तकालय समूहको बढुवा गर्न लागिएकोमा बढुवा सिफारिस समितिले यीमध्येबाट शिक्षा प्रशासन समूहअन्तर्गत विश्वराज आचार्य, कुमार बस्नेत, विष्णुप्रसाद ज्ञवाली, रामप्रसाद शर्मा, महेशदत्त देवकोटा र पूर्णबहादुर विश्वकर्माको सिफारिस गरिएको छ ।
त्यस्तै, पुरातत्व समूहअन्तर्गत मञ्जुसिंह भण्डारी थापा र पुस्तकालय विज्ञान समूहअन्तर्गत अरुणकुमार राईको सिफारिस गरिएको जनाइएको छ ।
Advertisement 2
बढुवाका लागि ४५ उमेद्धारले दरखास्त हालेकामो शिक्षा प्रशासन समूहबाट ३४,पुरातत्वतर्फ ३ र पुस्तकालय विज्ञानतर्फ ३ को दरखास्त आह्वान भएकोमा तीमध्येबाट ८ जनालाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा उकाल्न सिफारिस गरेको हो ।Promotion-2023011913024542