कृषिका तीन हाकिम सेवाबाटै हटाइए
Advertisement 1
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले तीन जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।
एक बर्षभन्दा लामो समयदेखि कार्यालयमा विना जानकारी अनुपस्थित हुँदै आएका दुई वैज्ञानिक र एक अधिकृतलाई सेवाबाट हटाइएको सूचनामा उल्लेख गरिएको छ ।
Advertisement 2
यसरी सेवाबाट हटाइएका कर्मचारीहरुमा सन्तोष रसाइली,सुनिता अधिकारी र सन्तोष कलौनी रहेका छन् ।
रसाइली ०७८ साल जेठ १ गतेदेखि,अधिकारी ७८ साल पुस १ गतेदेखि र कलौनी ०७८ भदौं १ गतेदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहँदै आएको कारण परिषद्को कर्मचारी विनियम,२०४९ को ४० (२) अनुसार कार्यालयमा अनुपस्थित रहेको मितिदेखि नै सेवाबाट हटाइएको जनाइएको छ ।
प्रकाशित :२०७९ पुष ३०, शनिबार ०८:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%