के कर्मचारी सरुवाको विवरण लिन पनि ‘सचिवको तोक आदेश’ चाहिन्छ ?

पछिल्लो समय सबैभन्दा बढी चलखेल हुने बिषय बनेको छ,कर्मचारी सरुवा ।
चक्रीय प्रणालीमा सरुवा गर्ने भाषण त धेरै भए तर व्यवहारमा कार्यन्वयन हुने कुनै छाँट छैन् । कार्यसम्पादन र कार्यक्षमताका आधारमा होइन कि कर्मचारी प्रशासनमा बस्नेहरुको राजनीतिक आस्था र मोटो रकम जस्ले बुझाँउछ उसैले कर्मचारीकै भाषामा मालदार भनिने ठाउँमा सरुवा पाउने र चलखेल गर्ने नचाहने कर्मचारी सरुवा नै हुन नसक्ने स्थितीले कर्मचारीतन्त्रलाई गाज्दै लगेको हो ।

Advertisement 1

यही चलखेलका कारण हुनुपर्दछ,पछिल्लो समय सरकारी निकायले गरेका कर्मचारी सरुवाको सूची गोप्य राख्न थालिएको ।

कर्मचारी सरुवाको सूची त्यसरी गोप्य नै राख्नुपर्ने कुनै कारण छैन । र यो सार्वजनिक सरोकारकै बिषय हो तर पछिल्ला समय सरकारका केही निकायहरुले गरेका कर्मचारी सरुवाको विवरण नै लुकाइन थालेपछि ‘दालमा केही कालो’को शंकामाथि झनै बल पुगेको छ । सार्वजनिक गर्नुपर्ने यी सूचना समेत गृह,अर्थ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोप्य राख्दै आएका छन् ।

Advertisement 2

निर्वाचन आचारसंहिता फुकुवा भएसँगै गृह मन्त्रालय,अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झण्डै पाँच सय कर्मचारीहरुको सरुवा गरेका थिए ।
महालेखा नियन्त्रकको कार्यालयले गत भदौंमा नै सरुवा हुने पर्ने लेखा समूहका कर्मचारीहरु सरुवा अघिल्लो साता टुंग्याएको छ । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका झन्डै चार सय कर्मचारीको एकैचोटी सरुवा गरिसकेको छ । महालेखाले ४७ उपसचिव र ११७ शाखा अधिकृतका साथै २२५ लेखापालको सरुवा गरेको हो । तर यो सूची हालसम्म सार्वजनिक गरिएको छैन । ती सरुवाको सूची सार्वजनिक नगरिएको बारे जिज्ञासा राख्दा प्रवक्ता शम्भु मरासिनीले इकर्मचारी डटकमसँग भने,जो जस्ले मागेका छन्,उनीहरुलाई दिइएको छ । यो बीचमा सार्वजनिक बिदा भएका कारण सरुवा सूची सार्वजनिक नगरिएको हो ।

इकर्मचारी डटकमले सरुवाको सूची माग्दा महालेखानियन्त्रक (सचिव) हरि मैनालीसँग परामर्श गरेर मात्र दिन सक्ने प्रतिक्रिया दिए । यस्का अलवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ११ जना कर्मचारीहरुको सरुवा गरेको भए पनि उक्त सूची अझैंसम्म गोप्य राखिएको छ ।

Advertisement 3

मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको छ रुद्र सिंह तामाङलाई । सरुवाको बिषयमा विवरण माग्न प्रवक्ताको मोवाइल नम्बर ९८५११८२५०० मा पटक पटक कल गर्दा समेत फोन उठाउँदैनन् ।

सामान्यले उपसचिवद्धय रेनु शाक्य, विजय राज पौडेल, शाखा अधिकृत द्वय सञ्जय बहादुर स्याङताङ र जीवन निरौला, नापी अधिकृत शालिग्राम लम्साल, विवेक तिवारी, गोपालकृष्ण खर्बुजा र सुरेश श्रेष्ठ, इन्जिनियर कृष्ण थापा, शाखा अधिकृत सुनिता तुम्बाहाङफे र नासु नैन बहादुर कार्कीको सरुवा गरेको भए पनि उक्त सूची समेत गोप्य राखिएको छ ।

यस्तै गृहले एकै पटक २८ जना अधिकृतहरुलाई सरुवा गरेकोमा ती सूचना समेत गोप्य राखिएको छ ।

गृहले अध्यागमन कार्यालयका १६ अधिकृतहरूलाई अन्यत्र सरुवा गर्दै मन्त्रालय तथा विभिन्न जिल्ला प्रशासनमा कार्यरत १२ जना अधिकृतहरूलाई अध्यागमन अधिकृतमा सरुवा गरेको भए पनि ती सूची लुकाइएको छ ।

यस्तै एक दर्जन जिल्लाका सिडियोहरु परिवर्तन समेत गर्न भ्याएको गृहले ती सूचना समेत सार्वजनिक गरेको छैन ।

सूचना आयुक्त रत्नप्रसाद मैनालीले कर्मचारी सरुवाको बिषय सार्वजनिक सरोकारकै बिषय भएका कारण गोप्य राख्न नमिल्ने प्रतिक्रिया दिए ।

प्रकाशित :२०७९ पुष १७, आईतवार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry