लोकसेवा आयोगले कुन कुन तहको परीक्षा लिँदैछ ? कहाँ तोकिएका छन परीक्षा केन्द्र ?
लोकसेवा आयोगबाट आर्थिक बर्ष ०७७।७८ को वार्षिक कार्यतालिकामा बमोजिम अब कार्तिक महिना भित्रमा तीन वटा पदको परीक्षा सञ्चालन हुँदैछ । आयोगको बार्षिक कार्यतालिका अनुसार होमियोप्याथी चिकित्सक तर्फ आठौं तहको प्रथम पत्रको परीक्षा आगामी २६ कार्तिकमा हुनेछ । दोश्रो पत्र २७ गते हुने आयोगले जनाएको छ ।
यस्तै सातौं तहको मेडिकल ल्याब टेक्नोलोजिष्टतर्फ २०८ जना उम्मेद्धार सहभागी छन् । जस्का लागि प्रथम पत्रको परीक्षा आगामी २८ गते द्धितीय तहको परीक्षा चाहिँ २९ गते हुनेछ ।
८७ जना उम्मेद्धार रहेका सातौ तहको माइक्रोबायोलोजिष्टतर्फको परीक्षा ३० गते र १ मंसिरमा हुँदैछ । आन्तरिक प्रतिष्प्रर्धा,खुला र समावेशीबाट खोलिएको विज्ञापन हो यो ।
Advertisement 1
यी तिनवटै तहको प्रथम र द्धितीय चरणको परीक्षाका लागि परीक्षा केन्द्र लोकसेवा आयोगको अनामनगरस्थित कार्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।