पाँचथरमा पहिलो पटक नि:शुल्क निवेदन कक्ष स्थापना

जिल्ला प्रशासन कार्यालय पाँचथरले निवेदन लेख्न नसक्ने सेवाग्राहीलाई लक्षित गरी निशुल्क निवेदन लेखिदिने व्यवस्था गरेको छ । कान्छो सहसचिवको रुपमा चिनिएका मेघबहादुर मंग्राती अहिले सो जिल्लाको कमाण्ड गर्दैछन् । पाँचथर जिल्लाबाट प्रदान गरिने सेवालाई प्रभावकारी,नागरिकमैत्री र गुनसोरहित बनाइ सेवाग्राहीमैत्री कार्यालयको रुपमा विकास गर्ने र नागरिकलाई सुशासनको अनुभूति दिलाउने गरी काम गर्ने लक्ष्य राखेका छन् ।

Advertisement 1

७९ चैत्र १९ देखि सो कार्यालयका कमाण्ड सम्हाल्दै आएका प्रजिअ मंग्रातीले जिल्ला प्रशासन कार्यालय पाँचथरमा सेवा लिन आउने सेवाग्राही लक्षित गरी कार्यालयको भुँइतल्लाको दाहिनेपट्टी १३ नम्बरको कोठामा निशुल्क निवेदन लेखिदिने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।
मंग्राती सीमान्तकृत समुदायबाट उठेर कान्छो सहसचिवको रुपमा आफूलाई उपस्थित गराएका छन् । २३ वर्षको उमेरमा खरिदार बनेर ३५ वर्षको उमेरमा सहसचिवको यात्रा तय गरेका उनी सिन्धुलीको ढकालगाउँमा २०४३ भदौ ९ मा जन्मिएका हुन । ६६ सालबाट निजामती सेवामा पाइला राखेर मंग्रातीको पहिलो पोष्टिङ भयो सोलुखुम्बुको वाकु गाविसमा सचिवको रुपमा । वाकुमा करिब ६ महिना काम गरेपछि सोही वर्षको माघमा नायब सुब्बामा नाम निकालेका हुन उनले ।

२३ बर्षमा निजामती सेवामा प्रवेश गरेको थिए । अधिकृत बनेसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहायक सीडीओको रुपमा केही समय काम गरें । त्यहाँबाट जिप्रका मोरङ सरुवा भएँ । दुई वर्ष मोरङमै काम गरेँ । दुई वटा प्रशासन कार्यालयमा रहेर काम गर्दा गृह प्रशासनको बारेमा मूलभूत कुराहरुको जानकारी लिए । त्यहाँबाट स्थानीय विकास मन्त्रालय सरुवा भएँ । स्थानीय विकास मन्त्रालयले अमरगढी नगरपालिका डडेल्धुरामा खटायो । डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै सरुवा भयो । त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलको प्रशासन शाखामा एक वर्ष काम गरे ।

Advertisement 2

त्यसपछि साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहेर काम गरेँका उनी सहसचिव बनेसँगै अहिले जिल्ला प्रशासन कार्यालय पाँचथरको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् ।

प्रकाशित :२०८० जेष्ठ १९, शुक्रबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry