कर्मचारीलाई पर्यटन काज, घर-ससुराली भएको जिल्ला रोज्न नपाइने !

पर्यटन क्षेत्र सुधार्न निजामति कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज विदाको व्यवस्था मिलाएको बताए।
Advertisement 1
आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिएर पर्यटन काज बिदा दिने अवधारणा ल्याएको छ । अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउनुपर्छ भन्ने माग निजी क्षेत्रले चालु आर्थिक वर्षको बजेट निर्माणको समयबाटै गरेका थिए । यसमा नेपाल पर्यटन बोर्डले समेत निजी क्षेत्रको मागलाई पर्यटन मन्त्रालय मार्फत अर्थमन्त्रीसमक्ष लैजान सहयोग गरेको थियो ।
व्यवसायीहरूले पर्यटन क्षेत्रका लागि बिदालाई उपलब्धिमूलक बनाउन के गर्नुपर्छ भन्नेमा निश्चित प्रावधान नै राखेर सरकारसँग प्रस्ताव गरेका थिए । व्यवसायीको प्रस्ताव अनुसार कर्मचारीको स्थायी घर वा ससुराली भएको जिल्लालाई गन्तव्यका रूपमा छान्न नपाइने प्रावधान राखिएको छ ।