मन्त्रालयको कार्यसम्पादनलाई यसरी चुस्त बनाउन खोज्दैछन् सचिव रेग्मी

Advertisement 1
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले हरेक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दुई साता अघिमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न पुगेका डा दामोदर रेग्मीले मन्त्रालयको कार्यसम्पादनलाइ प्रभावकारी वनाउने राजस्व सकलनमा बृद्धि ल्याउनुको अलवा भूमि प्रशासनको कार्यलाई गुनासोमुक्त बनाउने उद्देश्यका यस्तो कार्यक्रमको आयोजना गर्न लागेका हुन ।
Advertisement 2
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले भूमि तथा अभिलेख व्यवस्थापन विभाग तथा नापी विभागका देशभरि रहेका २५० भन्दा बढि कार्यालयका प्रमुखहरुसँग यस्तो अन्तरक्रिया शुरु गरेका हुन।
मन्त्रालयले लागू गरेको भूसूचना विद्युतीय प्रणाली र मेरो कित्ता सफटवेयरवाट सेवाग्राही अपेक्षित रुपमा लाभान्वित हुन नसकिरहेको र भूमि प्रशासनको कार्य गुनासो र झन्झट रहित नवनिरहेको परिप्रेक्ष्यमा यी समस्याहरु समाधान गर्न र सेवा प्रवाहको प्रभावकारिता बृध्दि गर्न विभागीय प्रमुख महाशाखा प्रमुख र जिल्लाका कार्यालय प्रमुखहरुको सामूहिक प्रयास परिचालन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ ।
Advertisement 3
भूमि प्रशासनको कार्य स्थानीय तहको अधिकारक्षेत्र भित्र पर्ने भए पनि यसको काम संघका कर्मचारीहरुवाट हुदै आएको र यी कार्यालयहरुले संकलन गर्ने राजस्वको ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत स्थानीय तहमा जाने गर्दछ । पूंजीगत लाभकर भने संघीय संचित कोषमा जम्मा हुने गर्दछ ।
यस सन्दर्भमा तीन तहवीचको यो सहकार्यलाइ थप मजवूत वनाउनु र भूमि प्रशासनको कार्य लाइ गुनासो र झन्झट रहित वनाउनु अवश्यक भएकोले यो कार्यक्रम नियमित रुपमा संचालन गरिने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताए ।
कार्यक्रममा सहभागी कार्यलय प्रमुखहरुले मन्त्रालयको यो कार्य नवीन र सराहनीय रहेको तथा यसवाट सचिव र विभागीय प्रमुखहरुसंग आफ्ना समस्याहरु राख्न पाइएको र काममा सहजता ल्याउनमा सहयोग गरेको वताए ।
सचिव रेग्मी यस्ता प्रशासक हुन उनी जुन निकायमा पुग्छन् सोही निकायलाई सुधार गर्न यथाशक्य प्रयत्न गर्दछन् । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी प्रशासनको हाकिम हुँदा झण्झटिलो कर्मचारी समायोजनलाई गुनासोरहित ढंगले सामाधान गरेका थिए ।
यस्तै युवा तथा खेलकुद मन्त्रालयमा रहँदा खेलकुद विश्वविद्यालयदेखि पाठ्यक्रम बनाउनेसम्मका उल्लेखनीय काम गरेका उनी छोटो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर रहँदा र्यापिड एक्सन ट्रान्सफोर्स बनाउने काम टुंग्याएका थिए । यस्ले अब सबै मन्त्रालयको गतिविधिलाई समन्वय गर्दछ । यस्तै उनकै सक्रियामा प्रदेशको शासकीय स्वरुपको मोडल टुंग्याउने काम सम्पन्न भइसकेको छ ।