घुस मागेको कल रेकर्ड र भिडियो प्रमाण पेश गर्दा समेत विशेष अदालतले दियो सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसरकमसहित रंगेहात पक्राउ परेका कर्मचारीलाई विशेष अदालतका न्यायधीशले उन्मुक्ति दिएका छन् ।

Advertisement 1

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत (सातौं) हुकुमबहादुर वली गत ३० असार ०७७ मा घुससहित पक्राउ परेका थिए ।

उनलाई अख्तियारको नेपालगञ्जको टोलीले ९६ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

Advertisement 2

निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा ०७७ साउनमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
अख्तियारले घुस माग गरेको अडियो रेकर्ड, घुस लेनदेन गरेको भिडियो र रङ्गेहात पक्राउ गरेका वलीविरुद्ध दायर गरेको मुद्धामा विशेष अदालतले क्लिनचिट दिएको हो ।

विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले वलीलाई सफाइ दिएको हो ।

प्रकाशित :२०७९ पुष ११, सोमबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry