मन्त्रीको मोवाइलमा नासुको म्यासेज :- ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने सधैं आँसु’

असमान तलब बृद्धिको विरोधमा हिजोदेखि प्रदर्शनमा उत्रिएका नायब सुब्बाहरुले आज पनि विरोधका कार्यक्रम जारी राखेका छन् । आज देशैभरका नासुहरु कार्यालय नगएर बिदामा बसेका छन् । नासु बचाउ अभियानको कार्यतालिका अनुसार,आज देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री,सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री, मुख्य सचिव,अर्थ सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवलाई एसएमएसमार्फत् ध्यानाकर्षण गराइने कार्यक्रम छ ।

Advertisement 1

यसैबीच आन्दोलनरत नासुहरुले अहिले म्यासेज डफ्ट गर्दैछन । कतिपयले मन्त्रीहरुलाई म्यासेज पठाइरहेका छन् । जसमध्ये केही नासुले अर्थमन्त्रीको मोवाइलमा म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’लेखेर पठाएका छन् ।

Advertisement 2

यस्तै उनीहरुले निजामती सेवा ऐनमा विभेदकारी व्यवस्था राखेर तल्ला तहका कर्मचारीहरुलाई झनै पेलानमा पार्न खोजिएको प्रति समेत मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन । नासु तहका कर्मचारीमाथि राज्यबाट भइरहेको विभेदको मनन गर्दै मागप्रति ध्यानाकर्षण गरिदिनहुन म्यासेजमा आग्रह समेत गरिएको छ ।

अहिले कर्मचारीहरुले यस्तै प्रकारका ६ सात वटा म्यासेज बनाएर मन्त्रीदेखि मुख्यसचिव र सचिवहरुलाई पठाइरहेका छन् । उनीहरुले पठाएको अर्काे म्यासेजको अंश यस्तो छ
माननीय ज्यू
नायब सुब्बा लगायतका अनंकित कर्मचारीको वृत्ति विकास खोइ ?

Advertisement 3

काम गर्दा सधैं नासु
तर झार्नुपर्ने सधैं आँसु

रा प तृतीय श्रेणीको पदपूर्तिमा
खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत
कायम गरियोस्

 

तहगत प्रणाली लागू गरियोस्
बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्

बढुवा प्रतिशत घटाउने ?
आन्तरिक परीक्षा हटाउने ?

योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्
नियतमा खोट देखियो श्रीमान !!

प्रकाशित :२०७९ श्रावण २४, मंगलवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry