गृहमन्त्रीज्यू, हिजो अन्यायपूर्वक काज सरुवा भएका कर्मचारी दरबन्दीमै फिर्ता हुन्छन् त ?

सञ्चार कर्मबाट राजीनामा दिएर राजनीतिमा होमिएको ६ महिनामै गृहमन्त्री बनेका रवि लामिछानेको नियुक्तिसँगै गृह प्रशासनका कर्मचारीमा केहीमा त्रास र धेरैमा आश देखिन्छ ।
त्यो त्रास र आश हिजै गृह मन्त्रालयमा देखिन्थ्यो । मन्त्री लामछिाने साढे ९ बजे गृह मन्त्रालयमा छिरेपछि कर्मचारीहरुको हस्याङ्फस्याङ् र दौडधुपको दृश्य गृह प्रागंणमा देख्न पाइन्थ्यो ।
बिहानदेखि मध्यान्ह १२ बजेसम्म उनले मन्त्रालयले विभिन्न शाखा र महाशाखाहरुको निरिक्षण गर्दा कतिपय कर्मचारीहरुमा उत्साह र आशा देखिन्थ्यो त कतिपय त्रसित देखिन्थें ।
यस अघिका गृहमन्त्री बालकृष्ण खाँणको समयमा भएको समयमा गृह मन्त्रालयका कर्मचारीको विभेदपूर्ण काज सरुवा फिर्ता होला की नहोला भन्ने कर्मचारीहरुले आशा व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड हुँदा गृहमन्त्रालय र मातहतका कर्मचारीको मनपर्दी काज सरुवा भएको थियो ।
आफ्ना नजिककालाई पठाउने भन्दै कर्मचारी प्रशासनले समय अवधि नपुगेको कर्मचारीलाई समेत मनपर्दी काज सरुवा गरेका थिए ।

Advertisement 1

मन्त्री लामिछानेले विशिष्ट व्यक्तिहरुले कार्यबिधि विपरित राखिएको सुरक्षाकर्मी ४८ घण्टा भित्र फिर्ता गर्न निर्देशन दिएपछि कर्मचारीहरुले काज फिर्ताको निर्देशन हुने भन्दै बाटो कुरिरहेको एक कर्मचारीले इकर्मचारी डटकमसँग बताएका छन् ।
यस अघि गृहको सरुवामा मनलाग्दी थियो । कतिसम्म भने,राम्रो काम गर्ने मात्र होइन आफ्नो हो कि होइन भनेर हेरेर मात्र गृहका कर्मचारीहरुको सरुवा र काज हुने गरेको थियो । कतिपयको त अवधि नपुग्दै काज सरुवा भएको भन्दै पीडा पोखेका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा विगतमा गृह प्रशासनबाट अन्यायपूर्वक काज सरुवामा परेका कर्मचारीहरुले जिज्ञासा राखेका छन्, गृहमन्त्रीले दरबन्दीमै फिर्ता गर्छन कि गर्दैनन् होला काजका कर्मचारीलाई ?

निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० बमोजिम कर्मचारीको सरुवा सामान्यतः २ वर्ष अवधि एउटा कार्यालयमा बस्नुपर्ने हो । तर गृहमन्त्री खाँड समयको गृह कर्मचारी प्रशासनले ६ महिना अवधि मात्र पुगेकाहरुलाई समेत धेरैजसो काज सरुवा गरियो ।
यता नयाँ सरकार परिवर्तन भएसँगै गृहमा बसेर रजगज गर्दै आएका केही कर्मचारीहरुले आफ्नो सरुवा मालदार ठाउँमा मिलाइसकेको चर्चा गृहतिर व्यापक छ ।

प्रकाशित :२०७९ पुष १३, बुधबार ०६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry