जो अधिकृतको जागिर छाडेर स्वतन्त्र रुपमा चुनाव भिड्दैछन्
आगामी ४ मसिरमा हुन लागेको निर्वाचनमा एक जना हाकिमले सरकारी जागिरबाटै राजीनामा दिएर मैदानमा होमिएका छन् ।
Advertisement 1
उनी हुन पोषण थापा । यातायात ब्यवस्था कार्यलय बर्दिवासमा लामो समय कार्यलय प्रमुखको रुपमा कार्यरत थिए । २०५३ सालमा खरिदारबाट सरकारी सेवामा पाइला राखेका थापाले ०६६ नायब सुब्बा बढूवा भएका थापा ०७६ मा शाखा अधिकृतमा बढुवा भई हालसम्म कार्यरत रहेका थिए । उनी सरकारी जागिरबाट राजीनामा दिएर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनी चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिका छन् । बर्दिवास ११ का वासिन्दा उनीसँग चुनावी मैदानमा प्रतिष्प्रर्धा गर्नेछन् माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल । माओवादीबाट लगातार चुनाव जितेका पोखरेललाई यस पटक निर्वाचन जित्न उति सहज छैन उनै थापाका कारण ।
Advertisement 2
यो क्षेत्रबाट काँग्रेसको उम्मेद्धारी छैन,गठबन्धनका कारण । स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थापालाई बर्दिबास नगरपालिकाको मेयर, उपमेयरहरुको समर्थन रहेको बताइन्छ ।