१३ उपसचिवसहित १९ कर्मचारीको समय समयमा सरुवा: एकमुस्ट वेबसाइटमा

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ उपसचिवसहित १९ जना कर्मचारीको सरुवा गरेको छ। विभिन्न मन्त्रालय, कार्यालय तथा स्थानीय तहमा कार्यरत उपसचिवसहित अन्य कर्मचारीको सरुवा गरिएको हो।

Advertisement 1

सरुवा गरिएका कर्मचारीहरूको सूची भने सरुवा गरेपिच्छे सार्वजनिक नगरिएको पाइन्छ। मिडियाको चासो पश्चात मन्त्रालयले बुधबार साँझ वेबसाइटमा सरुवासम्बन्धी सूची अपलोड गरेको पाइएको छ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार वैशाख ३० गतेदेखि जेठ ११ गतेसम्म विभिन्न मितिमा कर्मचारी सरुवासम्बन्धी निर्णय गरिएको देखिन्छ तर ती निर्णय सार्वजनिक भने तत्काल नगरिएकाले कर्मचारी वृत्तमा मन्त्रालयको निर्णय प्रति प्रश्न उठ्न थालेको हो।

Advertisement 2

पछिल्लो समय पारदर्शिता, सुशासन र खुलापनलाई प्राथमिकतामा राख्दै आएका दल तथा अभियन्ता पृष्ठभूमिका व्यक्तिहरू सरकारमा रहँदा पनि पुरानै कार्यशैलीको सरकार अघि बढ्ने देखिएको भन्दै कर्मचारीहरूले कानेखुशि गर्न थालेका छन् ।

mofaga
प्रकाशित :२०८३ जेष्ठ १४, बिहीबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry