निजामती सेवा ऐनले चाहेको निजामती सेवाको तस्वीर र यथार्थ

नेपाल सरकारले आफ्ना सेवाहरूको प्रवाहका लागि विभिन्न सेवाहरू गठन गरेको पाईन्छ। ती मध्ये निजामती सेवाले सरकार र सेवा ग्राहीको बीचमा रहेर काम गर्ने मान्यता राख्दछ। यो समुहमा खटिने कर्मचारीको छनौट लोक सेवा आयोगले गर्छ र छानिएर आएका उम्मेद्वारहरू सो सेवा सन्चालन गर्ने मन्त्रालयलाई उपलब्ध गराउछ।
निजामती सेवाको सन्चालन निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) वमोजिम गरिन्छ तर नेपालमा यो ऐन २०१३ बाट शुरूवात भएको पाईन्छ।निजामति सेवालाई सक्षम, सुदृढ, सेवामुखी र उत्तरदायी बनाउने उद्देश्य राखेको यो ऐन भित्र प्रशासन, न्याय, कृषि, ईन्जिनीयरिंग,वन, शिक्षा समेतका सेवाहरू समावेश भएका छन्। सरकारले जनता समक्ष प्रदान गर्ने विभिन्न सेवाहरू यही सेवामा काम गर्ने निजामती कर्मचारीका माध्यमबाट प्रवाह गर्ने गर्छ। त्यसैले आफूले मतदान गरेर बनाएको सरकारको वास्तविक अनुहार, क्षमता र ईमान्दारिता यिनै कर्मचारीको काम गर्ने ब्यबहारले निर्धारण गरेको हुन्छ। यसरी जनता समीप सेवा प्रवाहमा खटिने कर्मचारी सक्षम, सुदृढ , उत्तरदायी र सेवा मुखी भएको हेर्न चाहन्छ सरकार।
Advertisement 1
सक्षम कर्मचारी त्यसलाई भनिन्छ जसले सरकारको मनोभावना बुझेर,कुनै बाधा ब्यबधान बिना आफूलाई सुम्पिएको काम सम्पन्न गर्दछ। कर्मचारी सक्षम हुनका लागि निज संग आफूले सम्पादन गर्ने काम सम्बन्धी विषयमा पर्याप्त ज्ञान र सीप हुनु जरूरी हुन्छ। सेवा प्रवाह सम्बन्धमा नवीनतम् ज्ञानहरू समेत उसले अद्यावधिक गरेको हुनु पर्छ। उसलाई सक्षम बनाउन चाहिने तालीम, प्रविधी संग ऊ परिचित हुनु पर्छ।
कर्मचारी आफैमा सक्षम त हुनै पर्छ, यसको अतिरिक्त उ सुदृढ पनि हुनु जरूरी छ। सुदृढता भनेको के हो? जब कर्मचारी आफ्नो कामको विषय बस्तुमा दखलता हासिल गर्छ अनि ऊ सुदृढ हुन्छ।आफ्नो कामको प्रकृया देखि नतिजा सम्म उसमा कुनै अलमल देखिदैन र काम गराईको बीचमा कुनै समस्या आई परे ती समस्यालाई डटेर लड्ने क्षमता राख्छ भने त्यो कर्मचारी सुदृढ ठहरिन्छ।
कर्मचारी सक्षम पनि भयो, सुदृढ पनि भयो तर आफूले सम्पादन गरेका कामहरूको जस, अपजस लिन अनकनाउछ भने त्यसलाई जिम्मेवार कर्मचारी भनिदैन। काम गर्दा सधै सफलै होईन्छ भन्ने हैन, सकारात्मक सोच लिएर काम गर्दा गर्दै पनि कहिलेकाही नतिजा सोचे जस्तो नआउन सक्छ, काममा त्रुटी पनि हुन सक्छ, यस्तो अवस्थामा आफ्नो पदीय जिम्मेवारीबाट भाग्न खोज्नु कर्मचारीको योग्यता भित्र पर्दैन।यसैले सेवा प्रवाहमा खटिने कर्मचारी आफ्नो पदीय जिम्मेवारी वहन गर्नबाट पछि हट्नु हुदैन।आफूबाट सम्पादन हुने जुन सुकै कामको उत्तर दिनबाट पछि नहट्नु कर्मचारीको कर्तब्य हुन आउछ।
Advertisement 2
एक सुदृढ, सक्षम र उत्तरदायी भएर प्रदान गरिने सेवाहरूको प्रवाह सेवाग्राहीको हित संग जोडिएको हुनुपर्छ। हामीले प्रदान गर्ने सेवाहरूको स्तर सेवाग्राहीको सन्तुष्ठी द्वारा मापन गरिनु पर्छ। सेवा ग्राही सन्तुष्ठी नहुने सेवाहरूको वितरणले खास अर्थ राख्दैन। त्यसकारण हामी कर्मचारीको ध्यान वितरित सेवाले सेवाग्राहीका के कति
सन्तुष्ठी पूरा गर्न सके भन्ने सूचांकले निर्धारण गर्नु पर्छ। अब गरौं सेवा प्रवाह खटिने कर्मचारीहरू समीक्षा।
यसरी खटिने कर्मचारीहरू लोक सेवा आयोगको पाठ्यक्रममा उल्लेखित विषय बस्तुको जानकारी र आफूले औपचारिक शिक्षामा पढेका विषय बस्तुको जानकारी पाएर सेवा प्रवेश गरेका हुन्छन् र सेवा प्रवेश तालीम पश्चात् कार्य क्षेत्रमा खटिन्छन्। यी तीन स्थानबाट पाएको ज्ञान र सीपले निजामती सेवा ऐनले राखेको उद्देश्य पूरा गर्न सक्षम हुन्छन् त निजामति कर्मचारीरु यसमा कतै अनुसन्धान भएको छ ? निजामती सेवामा काम गर्ने कर्मचारीहरू कति सक्षम, कति जिम्मेवार छन्रु कति सुदृढ र कति सेवामुखी छन् त ? अधिकांश कर्मचारीहरूमा ऐनले राखेको उद्देश्य पूरा गर्ने ल्याकत र क्षमता छ जस्तो लाग्दैन।
Advertisement 3
उनीहरूमा लालफिता शाही छ,सेवकीय भन्दा शासकीय सोचले बढोत्तरी पाएको छ, काममा पारदर्शिता छैन, सेवाग्राहीलाई सन्तुष्ठ गर्ने क्षमतामा कमी छ, यो कटु तर सत्य हो कि सरकारी सेवा लिन कार्यालयको ढोकामा पुग्नु अगाडि सेवाग्राहीका मनमा बिभिन्न प्रश्न उठ्ने गर्छन्। ती प्रश्नहरू हुन् :- आज मेरो काम हुने हो कि हैन ? त्यो अफिसमा चिनेको कोही होला कि नहोला ?कसैलाई भनसुन गरेर जान पाए हुन्थ्यो कि ? अरू थप कागजात के के माग्ने हुन् ? मैले ल्याएको सिमीत खर्चले यहा बस्न र घर फर्कन पुग्छ पुग्दैन जस्ता प्रश्नहरू उठ्न सक्छन्।अनि यो सेवाग्राहीले आफ्नो सरकारको मूल्यांकन कसरी गर्ला ? जनताको घरदैलोमा पुग्यो भनेको सरकारको यस्तो मूल्यांकन गर्ने मतदाताले अब आउने चुनावमा मतदान गर्ने जांगर कसरी चलाउला ?
यी र यस्तै विसंगतिले नेपालमा निजामती सेवा चलेको छ। यसरी चल्नुमा कर्मचारी मात्र दोषी छैनन्।सेवा प्रवाहमा खटाउनु अघि र खटिए पछि सम्बन्धित कर्मचारीलाई सक्षम, सुदढ, उत्तरदायी र सेवामुखी बनाउने जिम्वेवारीमा सरकार पनि सफल र सक्षम भएको पाईदैन। आफ्नो प्रतिनिधि बनेर जाने कर्मचारीले सेवाग्राहीलाई सन्तुष्ठी दिन सकेनन् भने त्यसको अपजस मैले लिनु पर्छ भनेर सरकारले सोचेको पाईदैन।
त्यसैले सरकार सक्षम हुन चाहन्छ भने कार्य स्थलमा खटिने कर्मचारीलाई ऐनले राखेको उद्देश्य पूरा गर्न आवश्यक साधन श्रोत उपलब्ध गराएर राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र नराम्रो काम गर्ने कर्मचारीलाई दण्ड दिने ब्यबस्थालाई प्रभावकारी बनाउनै पर्छ। त्यसै गरी कर्मचारीले पनि सेवाग्राहीले तिरेको करबाट राज्यले सेवा सुविधा दिएको कुरा ध्यानमा राखी सेवाग्राहीको सन्तुष्ठी संग आफ्नो कार्य सम्पादनलाई तादात्म्य गर्नुको विकल्प छैन।