गृह सचिवसहित ३ सचिवको सरुवा

काठमाडौँ । सरकारले गृह सचिवसहित ३ सचिवको सरुवा गरेको छ।

Advertisement 1

गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

Advertisement 2

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

 

Advertisement 3

 

 

प्रकाशित :२०८२ आश्विन ७, मंगलवार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry