नापी विभागको महानिर्देशकमा जनकराज जोशी,यस्तो छ उनको पृष्टभूमि

 

Advertisement 1

नापी विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव जनकराज जोशीलाई दिइएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागको महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालयमा तानेर सो ठाउँमा जनकराज जोशीलाई खटाएको हो ।

झण्डै २४ बर्ष अघि निजामति सेवामा प्रवेश गरेका जोशीले लामो समय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको प्रवक्ता एवं योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । ०५६ सालमा अधिकृतबाट निजामती सेवामा पाइला राखेका हुन ।

Advertisement 2

०५६ देखि ०५८ सम्म गोश्वारामा काम गर्दा तत्कालीन बर्दियाको १४ वटा गाविसहरुको नापजाँच र प्रमाण पूर्जा तयार पारेर वितरण गरे । त्यसपछि उनी नापी विभागमा आएका हसन । नापी विभागमा लामो समयसम्म योजना अनुगमन शाखामा काम गरे । शाखामा काम गर्दा जग्गा नापजाँचलाई सरल सहज बनाउन र एकरुपता कायम गर्न नापी तथा गोश्वारा कार्यालयहरुको निर्देशिका तयार पारे, २०६० सालमा । जोशीले तयार पारेकै निर्देशिका बमोजिम नै २०७३ सम्म जग्गा नापजाँचलगायका काम भए । २०६५ सम्म नापी विभागअन्तर्गतका कार्यालयमा रहेर काम गरेका जोशीले त्यसबेला विभिन्न ठाउँमा गएर फिल्ड भिजिट गरे । २०६५ मा नापी विभागबाट भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा सरुवा भए । उनी त्यहाँ पुगेपछि काठमाडौं विश्वविद्यालय र नेपाल सरकारबीच नेपालमै जियोमेटिक्सि इञ्जिनियरिङ (नेपालमै नाप जाँचको कोर्ष) सुरु गर्ने दुई पक्षीय सम्झौता भयो । जसको सबै जिम्मेवारी जोशीलाई दिइएको थियो ।

नेदरल्याण्डबाट (सन् २००८ देखि २०१) मा एमएसीमा डिस्टिङस्न गरेर फर्किएका जोशी प्रशिक्षण केन्द्रमा आउँदा भर्खंरै उपसचिवमा बढुवा भएका थिए । ५ वर्ष प्रशिक्षण केन्द्रमा काम गर्दा उनकै कमाण्डमा नेपालमा पहिलोपटक जियोमेटिक्सि इञ्जिनियरिङ (बिइ लेभल) को कोर्ष सञ्चालनमा आयो । लगत्तै भूमि प्रशासन (ल्याण्ड एडमिनिस्ट्रेशन)मा स्नातकोत्तर तहको अध्ययनको पनि सुरुवात गराए ।

Advertisement 3

सरुवाकै क्रममा २०७१ देखि २०७२ सम्म मन्त्रालयकै भू–सूचना समन्वय शाखामा रहेर जिम्मेवारी निर्वाह गरे । २०७२ देखि २०७४ सम्म सुदूरपश्चिम विकास आयोगको दिपायलमा कार्यकारी निर्देशक भएर गए । २०७४ चैत्रमा सहसचिवमा बढूवा भएपछि झण्डै पाँच बर्ष मन्त्रालयमै रहेर विभिन्न जिम्मेवारी पूरा गरेका उनलाई नापी विभागको कमाण्डर बनाएर खटाइएको छ ।

प्रकाशित :२०७९ पुष ११, सोमबार १९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry